सुदूरपश्चिम

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना, दुई जनाको मृत्यु

दार्चुला ।  दार्चुलामा शुक्रवार विहान मिनि बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुनबाट सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको मिनि बस दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु भएकामा अनिल पालको सनात भएको छ भने,अर्का एक जनाको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईते भएका १९ जना मध्य ४ जनालाई जिल्ला अस्पताल दार्चुला र बाकी अन्यको गोकुलेश्वर अस्पालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

बस सडकबाट करिव ३ सय मिटर तल क्षतविक्षत अवस्थामा रहेको बताइएको छ । दुर्घटना भएको खबर पाएपछि सदरमुकाम खलंगाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीय नागरी अहिले उद्धार कार्यमा जुटी रहेका छन् ।

गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो ।