सामाजिक सञ्जाल

डा.भट्टराईको ठोकुवाः निर्मलाका बलात्कारी र हत्यारा जोगाउन ओली सरकार आफैं लाग्यो

काठमाण्डौ । नयाँ शक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको बलातकारी र हत्यारा लुकाउन राज्य नै लागेको आरोप लगाएका छन् । पूर्ब प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आफ्नो ट्वीटरमा आक्रोशित हुंदै १३ बर्षिया पन्तको बलात्कारी र हत्याराको प्रमाण मेट्टाउने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्ने धाणा सार्बजनिक गर्दै उक्त ब्यक्तीलाई कारबाही गर्न ओली सरकारलाई के ले रोक्यो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीको नाम नलिई ब्यंग्यात्मक रुपमा निर्मला पन्तको बलात्कार र हत्या घटनालाई चानचुने रुपमा नलिन उनको आग्रह छ ।

केही अगाडी सार्बजनिक गरेको उनले स्टाटसमा भनेका छन्,
निर्मला पन्त प्रकरण राष्ट्रिय मुद्दा बनेको किशोरीको बलात्कारंहत्यामाथि जिम्मेवार प्रहरी अधिकारीहरू प्रमाण नष्ट गर्ने र राज्य नै अपराधी लुकाउने कार्यमा संलग्न भएको देखिएकाले हो ! यो चानचुने घटना हुँदैहैन ! कमसेकम प्रमाण मेटाउनेलाई कानूनी कार्वाही गर्न केले रोकेको हो ? बोलौंः जोडले बोलौं !