राजनीति

कांग्रेसको प्रश्नः ओली रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भई सकेको हो ?

काठमाडौँ । मंसीर २८ देखि पुष ३ सम्म काठमाण्डौमा हुने नेपाली कांग्रेसको महासमिति वैठकको तयारी तिव्र पारिएको छ । महासमितिमा प्रस्तुत गरीने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नितिका सम्वन्धमा प्रदेश स्तरीय अलगअलग छलफल सम्पन्न भएका पार्टीले जानकारी दिएको हो ।

पार्टीको विधानमा समसामयीक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले सुझाव संकलन गरीएको जानकारी दिईएको छ । केन्द्रीय समितिको सहभागिता संगै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व तथा शुभचिन्तक वुद्धिजिविहरु समेतको विचार समाविष्ट गरी छलफलवाट सवै दस्तावेज निर्माण अन्तिम क्रममा पुगेको कांग्रेसले बताएको छ ।

महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरीक तयारीको अन्तिम क्रममा रहेको, महासमिति वैठक तयारीकै मुल विषयमा केन्द्रीत रहेर मंसीर ९ गते केन्द्रीय समितिको वैठक समेत वोलाइएको जानकारी दिईएको छ । विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा वैठकमा पेश हुने पार्टीले जानकारी दिएको छ ।

प्रवक्ता शर्माद्वारा गरिएको पत्रकार सम्मेलनमा गठन भएको वर्तमान सरकारको ९ महिनाको समीक्षा समेत गरेको छ । ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ” भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको कांग्रेसले जनाएको छ । यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको कांग्रेसको निष्कर्ष रहेको छ । लोकतान्त्रिक संस्कृति, राष्ट्रवाद, संघियता, सुसासन, बजारमूल्य, शान्ति सुरक्षा, न्यायालय, संविधानप्रति अपनत्व विस्तार र समृद्धि यात्रा लगायत ९ बुँदामा सरकारमाथि प्रश्न तेर्सिएको कांग्रेसले जनाएको छ ।

मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत रहेको र यसप्रति पार्टीको विमति प्रकट गरेको छ र २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह समेत गरेको छ ।

विकासका सवै ठुला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकुल त छ नै यसले यसको प्रभावकारीलाई झनै असर पुग्ने पार्टीको ठम्याई रहेको जनाईएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केहि साता यता निरन्तर गिरावट आएको तर स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न सरकार असमर्थ भएकाले वृद्धि हुँदा वोझ बोक्नुपर्ने नागरीकलाई मूल्य समायोजन गरी राहत दिन कांग्रेसले माग गरेको छ ।

कांग्रेसले वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर बिषय भएको जनाएको छ । नेपाली कांग्रेसले हाइ फ्लाई एक्ससँग जहाज खरीद गरीएको हो की नियोजित रुपले नयाँ दर्ता गरिएको सो कम्पनिले एयरबस सँग खरीद गरेर नेपाल एयर लाइन्सलाई भाडामा उपलव्ध गराएको हो ? सार्वजनिक खरीद ऐनको पालना भएको छ कि छैन ? भनेर प्रश्न गरेको छ । यो प्रकणमा केन्द्रीय समितिले गम्भीर घोटालाको आशंका माथी गहिरो छानविन गर्न माग गरेको छ ।

कांग्रेसले निर्मला पन्तका मातापिता डेढ सातादेखि निरन्तर धर्नामा बसेर न्यायको खोजि गरिरहदा समेत सरकारले ध्यान नदिएको भन्दै प्रश्न गरेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भई सकेको हो ? कांग्रेसको प्रश्न छ ।

कांग्रेसको जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रिले गर्ने निश्चित भएको विषयले केहि गम्भीर प्रश्न जन्मीएको र निश्चित विभागिय तहवाट हुने परम्परा र मर्यादा उलंघन गर्न नमिल्ने कुरा कांग्रेसको प्रष्ट विमतिका साथ आपत्ति प्रकट गर्दागर्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र सार्वजनिक जवाफको माग गरेको छ ।