बाग्मती

नेपालमै स्वाभिामानीपूवर्क काम गर्ने इज्जतिलो शिक्षा दिनुपर्छ: मन्त्री ढुङ्गेल

काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का योजना तथा आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलले विद्यार्थीलाई आफ्नै देशमा काम गर्न सक्ने सीपमूलक शिक्षा दिनुपर्ने आवश्यकता औल्याएका छन् ।पनौती नगरपालिका–८ कपालकोटस्थित तेजगङ्गा बहुमुखी क्याम्पसको १८ औँ वार्षिकोत्सव समारोहमा उनले भने, “उत्पादित शैक्षिक जनशक्तिले नेपालमै स्वाभिामानीपूवर्क काम गर्ने इज्जतिलो शिक्षा दिनुहोस् ।”

मन्त्री ढुङ्गेलले सीपमूलक शिक्षा पाएको शैक्षिक जनशक्तिले गर्वका साथ इज्जतिलो भई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिदैं सीपमूलक स्वावलम्बन बन्ने शिक्षा प्रदान गर्दा युवायुवतीको विदेश पलायन न्यूनीकरण हुँदै जाने बताए । इञ्जिनियरिङ, कृषि तथा पशुपालनसम्बन्धी शिक्षा दिने शैक्षिक संस्थालाई प्रदेश सरकारले सहयोग गर्छ, उनले भने, “तपाईंहरु स्वरोजगारमूलक शिक्षा प्रदान गर्नुस्, सामुदायिक शैक्षिक संस्था र उद्यम गर्ने जनशक्तिलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।”

प्रदेशसभा सदस्य चन्द्र लामा र गोमा भूर्तेलले सीपमूलक ज्ञान प्रदान गर्ने सामुदायिक क्याम्पसलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए । क्याम्पस प्रमुख डा अम्बुभवानी कार्कीले मुलुकको विकास र समृद्धिका लागि सीपमूलक र व्यवहारिक शिक्षा आजको आवश्यकता हो भने ।