आर्थिक

वेस्टर्न युनियन खुसीको पर्वको बम्पर पुरस्कारको घोषणा

काठमाडौं । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको थियो । उक्त योजना कात्तिक मसान्तबाट समापन भएको छ ।

खुसीको पर्व योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गरेका थिए ।

योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिन सम्म रु १५ हजार जितेका थिए भने यसै योजनाको बम्पर पुरस्कार घोषणा २०७५ मंसिर ३ गते सांग्रीला होटल, लाजिम्पाटमा गरिएको थियो जसमा छिरिंग वान्ग्मोले बम्पर उपहार स्वरुप नगद रु ५ लाख जितेका छन् ।

उक्त खुसीको पर्व योजनामा सहभागीहुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स प्रा.लि, माया रेमिट, नबिल बैक, डिजिटेक रेमिट्यान्स प्रा.लि र सूर्य रेमिट प्रा.लि र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्ने थियो ।

खुसीको पर्व योजना यहि ७ असोज, २०७५ देखि कात्तिक मसान्तसम्म लागू गरिएको थियो ।