मनोरञ्जन

प्रमोद खरेलको ‘तानिन उनैले’ रिलिज

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत ुतानिन उनैलेु बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ ।

गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, ुमलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।ु प्रमोद अहिले गायन रियालिटी सो ुद भ्वाइस अफ नेपालुको कोचका रूपमा काम गरिरहेका छन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नम्रता श्रेष्ठ र सुधिर खनालको अभिनय रहेको छ। रजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नम्रता र सुधिरको माया प्रेम देखाइएको छ। भिडियोको मेकिङमा केही फरकपन देखिन्छ।

सार्वजनिक उक्त भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने गीतमा गीतशाहास शाक्यको एरेन्जमेन्ट रहेको छ।

हेर्नुहोस् भिडियोः–