आर्थिक

माछापुच्छ्रे बैंकको १० प्रतिशत नगद लाभांश

काठमाडौँ । माछापुच्छ्रे बैंकको बुधबार बसेको संचालक समितिले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १०प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपंैया संचित छ ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।