राजनीति

कार्यकर्तालाई देउवाको निर्देशनः तपाईँहरु मेरो विरोध गर्नुको सट्टा ओली सरकारविरुद्ध खनिनुस्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सभापती शेरबहादुर देउवा आफ्नै कार्यकर्ताविरुद्ध खनिएका छन् । कार्यकर्ताहरुले वर्तमान सरकारका गलत कामको विरोध गर्न नसकेको तर आफ्नो विरोध गरेको बताएका हुन् ।

सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले सरकारको आलोचना गरेको तर कांग्रेसका कार्यकर्ताहरुले केही बोल्नु नसकेको उनको भनाई छ ।

देउवाले कांग्रेसका नेताकार्यकर्ताले आफैभित्र अन्र्तघात गरेको तर वर्तमान सरकार विरुद्ध केही बोल्न नसकेको आरोप लगाएका छन् । यसैबीच, सभापती देउवाले ओली नेतृत्वको वर्तमान सरकारको चर्को आलोचना गरेका छन् ।

अधिनायकबाद अँगालेर अहिलेको सरकार अगाडी बढेकाले अब संसद भित्र र बाहिरबाट त्यसको सशक्त विरोध गर्नुपर्ने बताए ।