गण्डकी प्रदेश

उपप्रमुख गुरुङ गोर्खाली ताराबाट सम्मानित

कास्की । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित भएका छन् । समाजमा शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको क्षेत्रमा उपप्रमुख गुरुङले पु¥याएको योगदानलाई कदर गर्दै गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा बुधबार साँझ आयोजित कार्यक्रममा उनलाई ‘गोर्खा तारा २०७५’ बाट सम्मान गरेको हो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य मीना गुरुङ तथा प्रालिका अध्यक्ष हरिकुमार धमलाले उपप्रमुख गुरुङलाई सम्मानपत्र, दोसलाको साथमा गोर्खा ताराको अवार्ड प्रदान गरी सम्मान गरेका थिए । त्यस्तै गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल) बाट पत्रकार दीननाथ बराल सम्मानित भएका छन् । उनी पत्रकार महासङ्घ कास्कीका सहसचिव हुन् ।

उपसभामुख शर्माले देशमा स्थिर सरकार बनेसँगै लगानीमैत्री वातावरण सिर्जना भएकाले निर्धक्कका साथ उद्योग व्यवसायको क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आह्वान गरे । उपप्रमुख गुरुङले महिला तथा बालबालिकाको हकहित र महिला सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम महानगरले ल्याएको भनाइ राखेका थिए । धरानबाट आफ्नो व्यवसाय शुरु गरेको गोर्खा बराहको पोखरा, काठमाडौँ, चितवन तथा देश बाहिर पनि शाखा सञ्चालनमा छन् ।