राजनीति

राम्रो काम कसरी गर्ने त्यो स्वंय प्रधानमन्त्री ओलीलाई पनि थाहा छैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्न चाहेको तर त्यो काम कसरी गर्ने भन्ने कुरा थाहा नै नभएको बताए । सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढी पुगेका थापाले बिहिबार सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुबाट रिजल्ट मागेको तर त्यो रिजल्ट कसरी आउछ भन्ने कुरा स्वंय प्रधानमन्त्री ओलीलाई नै थाहा नभएको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले जनताको भावनाअनुसार काम गर्न नसकेको बरु अन्यत्र मन बहकाएको आरोप नेता थापाको छ । ‘उहाँले बाटोघाटो बनाउन खोज्नु भएको छ, विद्युत उत्पादन गर्न खोज्नु भएको छ, देशको विकास गर्न खोज्नु भएको छ, तर समस्या कहानिर भयो भन्दाखेरी यी यावत कामहरु कसरी पूरा गर्ने भन्ने कुरा उहाँलाई थाहा छैन् ।’
यद्यपी प्रधानमन्त्री ओलीको नियतमाथि अहिले आफूले शंका नगर्ने नेता थापाको भनाई छ । नेता थापाले आफ्नै पार्टी सभापती शेरबहादुर देउवाप्रति कडा आलोचना गरेका छन् । प्रतिपक्षीले अहिलेको सरकारलाई आवश्यकता अनुसारको दबाब सिर्जना गर्न नसकेको त्यसको मुख्य दोष सभापती देउवाको रहेको उनको आरोप छ ।