मनोरञ्जन

मिस वर्ल्ड प्रतियोगितामा नेपालकी शृंखला खतिवडा सवैभन्दा अगाडी

काठमाडौं । मिस वर्ल्ड २०१८ मा नेपालबाट प्रतिनिधित्व गरेकी शृंखला खतिवडा सवै प्रतिस्पर्धीभन्दा अग्रस्थानमा देखिएकी छिन् । विभिन्न चरणका प्रतिस्पर्धामा उनी अग्रपंक्तिमा देखिएकी हुन् ।

चीनको सान्या सहरमा जारी मिस वल्र्ड २०१८ मा एक सय २१ देशका सुन्दरीले सहभागिता जनाएका थिए । जसमा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी छिन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्।

मिस वल्र्ड लागि खुला गरिएको भोटमा २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन्। मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ। मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्।