पत्रपत्रिका

करोडौंंको सरकारी जग्गामा सांसद सुवेदीको आँखा

नेपालगन्ज । प्रतिनिधिसभाकी सदस्य एवं प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले कोहलपुर नगर विकास समितिको करोडौं रुपैयाँ मूल्यको जमिन हडप्न प्रपञ्च गरेको आरोप लागेको छ।

उनले नगर विकास समितिको १३ कट्ठा जमिन हडप्न प्रपञ्च गरेको समितिको आरोप छ। उक्त जग्गा हडप्न उनले त्यहाँ टहरा निर्माण गरेर बसेका स्थानीयसँग मिलेमतो गरेको समितिका पदाधिकारीले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री सुवेदी संविधानसभाकी पूर्वउपाध्यक्षसमेत हुन्। एक दशकअघि पनि उनी जग्गा विवादमा मुछिएकी थिइन्। याे खबर अाजकाे नागरिकमा छ ।