समाचार

६ महिनापछि मलेसिया कामदार पठाउने प्रक्रिया शुरु, नयाँ श्रम सम्झौता अनुसार जान पाइने

काठमाडौँ । नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता भएको २३ दिनपछि कामदार पठाउने प्रक्रिया सुरु भएको छ ।

कलिङ भिषा लागेर पनि स्टेपिङ हुन नसकेका कामदारको प्रक्रिया तत्काल थाल्न मलेसिया सरकारले आग्रह गरेको छ । मलेसिया सरकारको लिखित आग्रहपछि बुधवारदेखि भिषा प्रक्रिया थालिएको हो ।

नेपाली कामदारमाथी लागेका सवै खाले सिन्डिकेट हटाउने भन्दै २ जेठदेखि नेपाल सरकारले श्रम स्वीकृति रोकेको थियो । ६ महिना लामो उतारचडावपछि १२ कार्तिकमा दुई देशबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौता भएको २३ दिनपछि मलेसियाका लागि ढोका खुलेको छ ।

१० हजार ब्यक्ति कलिङ भिषा लागेर पनि श्रमको स्टेपिङ हुन नसक्दा रोजगारका लागि मलेसिया जान पाएका थिएनन् । भिषा लागेका कतिपय ब्यक्तिहरु निराश पनि भइसकेका थिए । भिषा प्रक्रिया सुरु भएपछि उनीहरुमा पनि आशा पलाएको छ ।

नेपाली कामदारहरु नयाँ श्रम सम्झौता अनुसार मलेसिया जानेछन् ।