प्रदेश 1

गोली हानेर हत्या गरेको विरोधमा प्रदर्शन

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–९ का फिदा हुसेनको आज बिहान अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको विरोधमा स्थानीयवासीले बजार बन्द गराउनाका साथै विरोध प्रदर्शन गरेका छन् । हत्यारा पत्ता लगाएर कानूनी कठघारामा उभ्याउनुपर्ने लगायतका माग राख्दै बजारमा प्रदर्शन गरेको स्थानीवासीले बताएका छन् । प्रदर्शनकारीले कोशी राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए । हुसेनको हत्यापछि स्थानीयवासीले आज धरान–विराटनगर सडकखण्डको दुहबी–सोनापुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

स्थानीयवासीले हुसेनको शव दुहबीको मुख्य चौकमा राखेर आफ्ना पाँच सूत्रीय माग राख्दै प्रदर्शन गरिरहेको स्थानीयवासी अकव अलीले बताए । हत्याको विरोधमा आक्रोशित स्थानीयवासीले अमरदीप मेडिकल हलमा तोडफोड गरेका छन । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन । यसैबीच नेपाली काङ्गे्रसले आज एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ ।