मनोरञ्जन

१०० कडा १० को पहिलो गीतमा दिलिप ओखेडाको कोरियोग्राफीको प्रशंसा

काठमाडौँ । माघ १८ गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र सय कडा दशको पहिलो गीत सार्वजनिक भएको छ । ‘दाईलाई कुरा लाउने’ बोलको गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । त्रिशला गुरुङ र सन्देश पाठकको स्वर रहेको उक्त गीतमा कल्याण सिहको संगीत रहेको छ ।

गीतमा वनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोलाई रामेश्वर कार्कीले खिचेका छन् । गीतमा लेखन तथा निर्देशन रामशरण पाठकको रहेको छ भने गीतको नृत्यमा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । दिलिपको कोरियोग्राफीको दर्शकले प्रशंसा समेत गरेका छन् ।

हेर्नुहोस् गीतको भिडियोः-