बाग्मती

घुस लिँदै गरेको हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषामा कार्यरत प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सहायक हवल्दार गिरीले रु ११ हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरी आज मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण, सखुवा वितरण केन्द्र जनकपुरमा कार्यरत फोरमेन विमलदेवी शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगसहित विशेष अदातमा मुद्दा दायर गरेको छ ।