अन्तर्राष्ट्रिय

भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

कटाक, उडिसा । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएको समाचारमा जनाइएको छ ।

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए। उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिएका छन् ।

यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गरेका छन् । साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । बसमा करिब तीस जना यात्रु सवार थिए ।