सामाजिक सञ्जाल

राज्यले द्वन्द्वपीडितलाई जतिसक्दो चाडो न्याय दिनैपर्छः उदय राणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता उदय शम्सेर राणाले शान्ती प्रक्रियासङ्ग जोडिएको तत्कालीन माओवादी लडाकुको समायोजन र हतियार व्यवस्थापन उहिल्यै सम्पन्न भएपनी द्वन्द्वपीडितले अझै न्याय पाउन नसकेका बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत नेता राणाले बिस्तृत शान्ती सम्झौताको आज १२ बर्ष भईसक्दा समेत द्वन्द्वपीडितले अझैपनि न्याय नपाउनु दुःखद कुरा भएको बताएका हुन् ।

राज्यले द्वन्द्वपीडितलाई न्याय दिन विलम्ब नगर्नुपर्ने बताए । ‘शान्ती प्रकृयासङ्ग जोडिएको तत्कालीन माओवादी लडाकुको समायोजन र हतियार व्यवस्थापन उहिल्यै सम्पन्न भएपनी द्वन्द्वपीडितले अझै न्याय पाउन सकेका छैनन्, राणाले फेसबुकमा लेखेका छन्, तसर्थ राज्यले यसलाई यथासक्य टुङ्गोमा पुर्याउन अब ढिलाइ गर्नुहुन्न ।’

पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणाले अब पनि द्वन्द्वपीडितलाई न्याय दिन ढिलाई गरे राज्यलाई पाप लाग्ने बताए ।