राजनीति

नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्केका छन् ।बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी आज फर्केका उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । नेपाल कात्तिक २९ गते बेलायत गएका थिए ।