मनोरञ्जन

अमित बावु र जमुनाको स्वरमा “दुखी जिवन ” (हेर्नुहोस भिडियोसहित)

काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत दर्शक तथा स्रोता माझमा ल्याउदै आएका गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको आवाजमा रहेको ”दुखी जिवन ” गीतको भिडियो बजारमा आएको छ ।

मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने मायालुले सदाका लागी छोड्दा प्रेमि निकै दुखी भएका छन ।

सुमन ढकालको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । जस्तो अवस्थामा भएपनी मानिसको पिडालाई भुलेर परिवर्तित अवस्था अनुसार जिउनको लागी गीतमा सन्देश दिएको छ । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन र पुष्कल र आयुष्मा को अभिनय गीतको भिडियोमा रहेको छ ।

हेर्नुहोस भिडियो:-