खेलकुद

छात्रा भलिबलमा इर्खूले बाजी मार्यो

चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ ।

मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र सरस्वती मावि ग्यानथुम तेस्रो भएको छ ।

प्रथम, द्वितीय, तृतीय हुने टोलीले क्रमशः नगद रु २० हजार, १५ हजार र पाँच हजारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्लाको १२ टोलीले भाग लिएको उक्त प्रतियोगितामा मङ्सिर १ गतेबाट शुरु भएको वडा नं ८ का वडाध्यक्ष तीर्थबहादुर क्षेष्ठले बताए ।