प्रदेश 1

ईटा भट्टाका म्यानेजरको एकाबिहानै गोली हानी हत्या, गृहमन्त्री बेखबर

ईटहरी । सुनसरी जिल्लाको दुहबी नगरपालिकामा गोली एकाबिहानै आज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

समाचारका अनुसार बुधबार बिहान ईटाभट्टाका म्यानेजर फिदिम हुसेनलाई मोटरसाइकलामा आएका अज्ञात समुहका दुई जनाले वडा नम्बर–९ नहर क्षेत्रमा गोली हानी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीका अनुसार मोटरसाईकलमा आएका अज्ञात समुहले गोली हान्दा घाईते भएका हुसेनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रहरी प्रमुख अधिकारीका अनुसार हुसेनको शव उनकै निवासमा राखिएको बताए । सुनसरीमा केही दिन अगाडीमात्र भारतीय अपरधीक समूहले एकजानको यसैगरी हत्या गरेका थिए । उक्त दुहबी क्षेत्र पूर्ब उपप्रधान एबं गृहमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारको राजनीतिक क्षेत्र हो ।

यस घटनाका बिषयमा गृहमन्त्री, प्रधानमन्त्री लगायत जिम्मेवार निकायले अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन् ।