बाग्मती

पुलबाट खसेर एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन् ।

कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।