गण्डकी प्रदेश

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीस जना घाइते

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नं. को बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए ।

घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।