खेलकुद

मैत्रिपूर्ण फुटबलः ब्राजिलद्वारा क्यामरुन पराजित

काठमाण्डौ । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले क्यामरुनलाई १–० ले हराएको हो ।

कप्तान नेयमारले चोट बोक्दै आठौ मिनेटमा मैदान छाडेको खेलमा ब्राजिलले जित निकालेको हो । मांसपेशीमा समस्या देखिएपछि नेयमारको स्थानमा एर्भटनका रिचर्लिसनलाई मैदान उतारिएको थियो । उनै रिचर्लिसनले खेलको ४५ औ मिनेटमा ब्राजिलका लागि विजयी गोल गरे ।

ब्राजिली टिमका चिकित्सकले नेयमारको चोट गम्भिर प्रकृतिको नभएको बताएका छन् ।