राजनीति

काम थालि सक्या छौं, हामी सबै मिलि काँग्रेस सुधार गरेरै छोड्छौः प्रकाशमान सिंह

घोराही । नेपाली काङ्गे्रसका नेता प्रकाशमान सिंह श्रेष्ठले आफूहरुले पार्टी सभापति विरुद्धमा गुटबन्दी नगरेको स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियन दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा उनले बहुमतको नाममा पार्टीभित्र एकलौटी निर्णय गर्न थालेपछि पार्टी सभापतिलाई विधिसम्मत चल्न मात्र आगह गरेको धारणा राखे । उनले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेको समयमा पार्टी पुरानै ढर्रामा चलेको हुदाँ त्यसलाई आफूहरुले सुधारको प्रयास थालेको जानकारी गराए ।

पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले पार्टी नीति विपरित सभापतिले काम गरेको आरोप लगाए । “पार्टी नीति र विधिसम्मत हुनुपर्छ भन्ने हाम्रो आवाज छ”, उनले भने, “हामी पार्टीलाई सुधार गरेरै छोड्छौ ।” उनले पार्टीको नेतृत्व शैली एवं विधानसमेत एकात्मक भएको हुदाँ लोकतान्त्रिक परिपाटी निर्माण गर्न गृहकार्यमा जुटेको धारणा राखे । नेता सिंहले सरकारले चुनावमा जनाएको प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाए ।