आर्थिक

डिस मिडियाका उत्कृष्ट अन्तर्राष्ट्रिय च्यानल प्रशारण

काठमाण्डौ । डिश मिडिया नेटवर्कले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको सर्वविदितै छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।

रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् ।

पत्रकार सममेलनमा मिडियाले भनेको छ, डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।
त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने जानकारी गराउँदछौं । नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरुले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहनुभएका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्नेछ भन्ने आशा लिएका छौ।
रमाईलो एचडि तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रा.लि.(ओइपिएल) ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढी रहेको छ ।