कर्णाली प्रदेश

महिला हिंसाबाट जोगाउन आत्मरक्षा तालीम

हुम्ला । पहिलोपटक जिल्ला खेलकूद समितिको संयोजनमा माध्यमिक विद्यालयमा अध्ययरत किशोरीलाई महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद प्रशिक्षक तालीम दिइएको छ ।

सदरमुकाम सिमकोटमा रहेका दुई माविमा अध्ययनरत किशोरीलाई तीनदिने महिला हिंसाविरुद्ध तालीम दिइएको हो । समापन कार्यक्रममा सांसद छक्कबहादुर लामाले नारी धार्मिक संस्कारमा पनि दैवि शक्तिका रुपमा लिइएकोले अबका किशोरीले समेत आफूमा बलियो साहस देखाउनुपर्ने धारणा व्यक्त गरे । उनले हुम्लामा मदिराका कारण हुने महिला हिंसा निराकरण गर्न सबैको सहयोग आवश्यक छ भने ।