सुदूरपश्चिम

उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कैलाली । उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलतासम्बन्धी सम्मेलन हुने भएको छ । धनगढी उपमहानगरपालिका र काठमाडौँको किंग्स कलेजको साझेदारीमा यही मङ्सिर ६, ७ र ८ गते सम्मेलन हुन गइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका सफल उद्यमी र स्थानीयवासी उद्यमीले प्रस्तुतिकरण गर्ने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । किंग्स कलेज काडमाडौँका अनुसन्धान विभागका प्रमुख चित्तरञ्जन पाण्डेयले उपत्यका बाहिर यति ठूलो र महत्वपूर्ण सम्मेलन पहिलोपटक हुन लागेको बताए ।

सम्मेलनका लागि झण्डै रु २५ लाख खर्च हुने बताइएको छ । सम्मेलनमा दुई सयको हाराहारीमा सहभागी रहने छन् भने उद्यमशीलतासम्बन्धी ज्ञान दिने किसिमका कक्षसमेत राखिने छन् ।