समाचार

पेस्तोलसहित दुईजना समातिए

काठमाडौँ । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष ९नाइट्रभेट० ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएकोे जानकारी दिए ।