प्रदेश 2

प्रदेश दुईमा भाेली सार्वजनिक विदा

जनकपुरधाम ।    प्रदेश दुई सरकारले मंसिर ५ गते सार्वजनिक विदाको दिने निर्णय गरेको छ।

मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारको २०७४ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

प्रदेश २ का आठवटै जिल्लामा उक्त दिवसको अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ।