१
दिलमै बसेर दिलको वहुत केरकार गरियो ,
लुकेको छ कोही भन्दै चिरफार गरियो ।
विचरा नदिपनि टुलुटुलु हेरिमात्र रह्यो ,
जब बोकेर बगर नदी वारपार गरियो ।
आँखाले देखेका सपनाहरू कुल्चेर हिडी ,
गर्न त आँखैमा राखेर स्याहार गरियो ।
मर्ने डरले मेरो घरको बाटो देखेर मृत्यु नआएपछि ,
र त घाटमै पुगेर मृत्युको इन्तजार गरियो ।
एकोहोरो रोटी पाक्छ की पाक्दैन हेर्नु छ ,
धोका दिनेलाइ धोका नदिने विचार गरियो ।
२
प्यारको सुन्दर उपहार निधी सम्झेर ,
विताउला वाकी जीवन तिमी सम्झेर ।
छुट्टीनेवेला दिएको त्यो जाले रूमाल ,
जतन गरि राखे है सम्पती सम्झेर ।
हररात सपनीमा आइरहनेलाइ मेरो प्रश्न ,
सपनीमा विर्सेर आउछ्यौकी सम्झेर ।
एकदिन ति नयनमा सागरको वाढी आउनेछ ,
निरस यो मुसाफिरलाइ झल्झली सम्झेर ।।
३
तक्दिरको ऐनामाथि चेहरा राखेर ,
उ निस्कियो आँखामा विस्तरा राखेर ।
एक हुल युवाको जमात पलायन भयो ,
गाँउमा बाँझो जमिन र गरा राखेर ।
रूखको जराले पहिरो रोक्छ पुस्तकमा पढेपछि,
उसले पुरै रूखहरू काटिदियो मात्र जरा राखेर ।
मेरा नयनले तिमीलाइ प्रहार गरेको निहुमा ,
सजाय सुनाइयो नजरमा कठघरा राखेर । – निरस यात्री तेज
– सुर्खेत