आर्थिक

झण्डै १३ अर्ब रिजर्भ र ५८ प्रतिशन नाफा कमाउदै तीन महिनामै सिईओ किरणले बाणिज्य बैंक यसरी बनाए उत्कृष्ट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । बैकले यो त्रैमासमा १ अर्ब ११ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । बैंकको खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५७.७२ प्रतिशत धेरै हो । गत वर्ष यसले ७० करोड ९५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, रेगुलेटरी एड्जस्टमेन्टपछि बैंकको वितरण योग्य नाफा भने ७२ करोड २३ लाख ७५ हजार रुपैयाँ हुन्छ । सर्वसाधारणमा सेयर जारी नभएकाले यसको नाफा नेपाल सरकारकै हातमा पर्नेछ यो बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार भएपछि खुद नाफा पनि बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ४८.९५५ ले वृद्धि भएर २ अर्ब ६० करोड ६४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ७४ करोड ९७ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी, सञ्चालन नाफा पनि ५६.५६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ५५ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यस बैंकले १ अर्ब १ करोड २७ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । यो त्रैमास सम्ममा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ९० करोड ८९ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा १२ अर्ब ५४ करोड ९८ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसीलार्ई एक्वायर गरेर गत वैशाख १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २६ पैसाबाट बढेर १२ रुपैयाँ ४३ पैसा पुगेको छ ।

कस्ट अफ फन्ड पनि १.६७५ बाट बढेर २.७४ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत रहेको बैंकको बेस रेट भने ६.३३ प्रतिशत छ । खराब कर्जा अनुपात भने ३.८३ भएको छ । नेपाली पैसा डट कमका अनुसार गत वर्ष खराब कर्जा २.९२ प्रतिशत मात्र थियो ।