आर्थिक

एभरेष्ट बैंकको ट्यालेन्ट हन्ट

काठमाडौँ । एभरेष्ट बैंकले यस वर्ष आफ्नो २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ । यस पृष्ठभूमिमा, बैंकले भर्खरै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । कार्यक्रममा , कर्मचारीहरु बीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणिमा आयोजित गरिएको थियो , अर्थात गायन, नृत्य र स्ट्यान्डअप कमेडी ।

प्रसिद्ध कलाकार मिथिला शर्मा र देशका प्रसिद्ध गायिक कुन्ति मुक्तानले ज्यूरीको नेतृत्व गरे । कार्यक्रममा बैंकको सीईओ सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्रफी प्रदान गरे ।

हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बडि ग्राहक सख्या रहेको छ । हालै यस बैक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैकको ८६ साखा, ३ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।