सामाजिक सञ्जाल

धनराजको प्रश्नः गणतन्त्रमा जनता उपचार गर्न नसकि आत्माहत्या गर्नुपर्ने तर नेता करोडौंको गाडी र महलमा बस्नुपर्ने हो र ?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति बिद्यादेवी भण्डारीले करोडौको गाडी र नेपाल प्रहरी एकेडेमीको जग्गा हडप्न लागेको घटनालाई ब्यंग्यात्मक तवरले बिरोध गरेका छन् ।
खरो स्वभाब भएका काँग्रेस युवा नेता गुंरुङले जनताको रगत पसिनाको कमाईबाट जम्मा भएको पैसाले नेताहरुले महंगो महलमा बस्ने र करोडौंको गाडी चढ्ने देखिएपनि अर्कोतिर कयौं गरिब नेपाली जनता उपचार खर्च नभएर आत्माहत्याको बाटो रोजिरहेको दृष्टान्त दिएका छन् ।
उनले हेलो सरकारलाई संबोधन गर्दै सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्, ‘एकातर्फ गरिब जनताको रगत र पसिनाले करोडौंको गाडी र अरबौंको महल राजनीतिक नेतृत्वलाई, अर्कोतर्फ तिनै गरिब नेपालीले उपचार खर्चको अभावमा आत्महत्याको बाटो रोज्नु पर्ने ? यहि बिडम्बना देख्नका लागि हामीले गणतन्त्र नेपाल बनाएका होइनौं।@hello_sarkar