राजनीति

कांग्रेसले देखाएको बाटो अरुले पछ्याउछः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जनता र प्रतिपक्षी दलप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेसले संविधान कार्यान्वयनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको तर अहिले सरकार यसप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् ।

लोकतान्त्रिक संविधानको आधारमा भएको चुनावमा जनताबाट निर्वाचित सबैभन्दा ठूलो पार्टी बनेर आएकाले पनि अहिले सरकारको नियतिमात्रै नभएर क्षमतामा पनि प्रश्न चिह्न खडा भएको बताए ।

नेपाली कांग्रेसले संविधानको सफल कार्यान्वयन गरेको तर अहिलेको शक्तिशाली भनिएको वर्तमान सरकारले संघीयताको व्यवस्थापन गर्न सक्नेका जनताको गम्भीर शंका सिर्जना भएको बताए ।

नेता थापाले कांग्रेसले संविधानको पूर्ण कार्यान्वयनमा अगुवाई गर्नुपर्ने बताए । कांग्रेसले देखाएको बाटो अरुले पछ्याउने नेता थापाको भनाई थियो ।