समाचार

गोविन्द केसी अस्पताल भर्ना, ईमर्जेन्सीमा उपचार हुदैँ

xकाठमाडौँ । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीको दुखाई बढेपछि उनलाई सोमबार बिहान आकस्मिक कक्षमा भर्ना गरिएको हो । आज बिहान ४ बजे केसीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थेरासिक विभाग अन्तगर्त रहेको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको छ ।

केसीको ब्लड टेष्ट लगायत विभिन्न टेष्टहरु लिईएको भएतापनि अहिलेसम्म रिपोर्ट नआएको अस्पताल स्रोतले जानकारी दिएको छ । केसीलाई अस्पतालको २ सय १५ नम्बर क्याविनमा भर्ना गरिएको उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताए । केसीको छातीको दुःखाई अहिले नर्मल रहेको तर निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएको डा. सायमीले बताए ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै १५ पटकसम्म अनसन बसेका केसीको पहिला पनि मुटुमा समस्या देखिएको थियो ।