प्रवास

डिसी महानगर क्षेत्रमा विवाह मेला सम्पन्न

काठमाडौँ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सफलतापूर्वक बिबाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको बिहे मेला यस पटक अझ उत्साहजनक समापन भएको छ । आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।

आयोजकको तर्फ बाट बिपिन राज उप्रेतीले गत बर्ष हाम्रो लागि नयाँ कार्यक्रम थियो भन्दै यस पटक अझ मेहनत गरेको हुनाले सहभागिता राम्रो भएको बताए । उप्रेतीले अगाडी भने यो वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिएको हो । यस बर्ष थप आवश्यक सेवा पनि उपलब्ध गराइएकोले नेपाली समुदायहरु उत्साहित भएको उनले बताए ।

अर्का आयोजक मध्ये कै एक कृष्ण दाहालले यसलाई निरन्तरता दिने र डिसी क्षेत्रका सबै नेपाली समुदायमा पुगोस भन्ने चाहना रहेको बताए । यस पटक गत बर्ष भन्दा प्रदर्शन कक्षमा नेपाली तथा बिदेशी ब्यापारीहरुको समेतले सहभागिता जनाएका थिए । बिशेष गरि चमेनागृह द्वारा बनाइएका खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खाध्य सामग्रीहरु निशुल्क रुपमा हेर्न आएका दर्शकलाई वितरण गरिएको थियो ।

विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रुपमा उपलब्ध गराइने भएकोले प्रदर्शनमा समेत राखिएको थियो ।

गत बर्ष झैँ यस बर्ष पनि दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना, आपूर्तिकर्ताहरु, सजावटकर्ताहरु, गरगहना पसल, बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष, मेहन्दीवाला, लिमोजिन सवारी साधन (बिशेष कार) का संचालक, नेपाली पण्डित, केक पसलका व्यापारी, बिहेका फूलहरु आपूर्तिकर्ता फोटो (तस्बिर) तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहेको थियो ।

यस पटक उक्त मेला हेर्न आएका दर्शक तथा उपभोक्ताहरुले बिहे मेलाले नेपाली समुदायलाई सजिलो बनाई दिएको बताए । आफ्ना सन्तानको बिहेमा निकै कष्ट र दौड धूप गर्नु परेकोले अनुभव समेत सुनाएका थिए ।

साथै अधिकांशले यस्तो प्रकारको बिबाह मेला अमेरिकाका अन्य राज्यमा पनि हुनु पर्ने सुझाव दिएका थिए । आयोजकले एकै छत मुनि यसरी सबै कुराको चाजो मिलाई दिएकोमा आयोजकलाई धन्यबाद समेत दिएका छन् ।

साथै मेला सफल बनाउन अद्वितीय भूमिका निर्वाह गर्ने ,सहयोग गर्ने तथा प्रदर्शन कक्ष ९बुथ० राख्ने ब्यापारीहरुलाई हौशला स्वरुप प्रमाण पत्र बितरण गरिएको थियो । प्रमाण पत्र वितरण आयोजकको तर्फ बाट बिपिन राज उप्रेतीले गरेका थिए भने कार्यक्रम बीच पानसमा बत्ति बालि उद्घाटन समेत गरिएको थियो ।

ग्यालेक्सि इभेन्ट्स सोलुसन का विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको सयुक्त आयोजनामा बिबाह मेला आयोजना भएको हो । कार्यक्रम १२ देखि ४ बजे सम्म संचालन भएको थियो ।