राजनीति

सानेपाको दुईदिने काँग्रेस केन्द्रीय समिति बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आईतबार सम्पन्न बैठकले भातृसंस्था नेपाल बिद्यार्थी संघको बिधानलाई स्विकृतच गरेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा शनिबारदेखी शुरु भएको दुईदिने बैठकले निम्न निर्णय गरेको छ:

नेपाल विद्यार्थी संघद्वारा प्रस्तुत विधान बारे
१. नेपाल विद्यार्थी संघद्वारा प्रस्तुत विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले परिमार्जन सहित स्वीकृत ।

शोक प्रस्ताव
२. स्वतन्त्रता सेनानीहरु— सोनेलाल पासवान (धनुषा), मणिसुन्दर वजियम (खोटाङ), भीमराज नौलाखा (मोरङ), नेपाली कांग्रेसका योद्धाहरु— तेजप्रसाद उप्रेती (धादिङ), कर्णबहादुर राना
(गुल्मी) र धनबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को निधनप्रति कार्यसमितिकोे बैठकले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले निर्वाह गर्नु भएको भूमिकालाई पार्टीले सदैव स्मरण गरिरहनेछ । उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

उक्त बैठकमा— सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका थिए ।

उक्त कुरा मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।