राजनीति

राप्रपाका घटकहरुबीच एकीकरण गर्न ऐक्यवद्धताका लागि केन्द्रीय सदस्यहरुको अपिल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकहरुबीच एकीकरण गर्नका लागि केन्द्रीय सदस्यहरुले ऐक्यवद्धताको अपिल गरेका छन् । आईतबार एक विज्ञप्ती जारी गर्दै राप्रपाका १५ जना केन्द्रीय सदस्यहरुले विभिन्न घटकहरुको एकता गर्न ऐक्यवद्धताको अपिल गरेका हुन् ।

“विगत केही समय देखि राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन घटकहरुबीच एकताको प्रयास भाडिएको भन्ने समाचारले पार्टीका तमाम कार्यकर्ता दुःखित र चिन्तित भएको जनाएको छ । हामी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रही लामो समयदेखि विभिन्न तह र तप्कामा कार्यरत नेता तथा कार्यकर्ताहरु बृहत र व्यापक पार्टी एकता हुनुपर्छ भन्ने दृढ मान्यता राख्छौ र यसका लागि लामो समयदेखि निरन्तर तिनवटै पार्टीका नेतृत्व वर्गलाई आग्रह गर्दै आईरहेका छौँ, पार्टीका १९ केन्द्रीय सदस्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, राप्रपाले आफ्नो स्थापना काल देखि नै संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र, राष्ट्रिय एकता, अखण्डता लगायत अन्य राजनैतिक विचारधारा र दर्शनमा अटुट आस्था र विश्वास राख्दै आईरहेको छ भन्ने कुरा सर्वविदितै छ र यो मान्यता नै तिनवटै राप्रपा र समान विचारधारा राख्ने अन्य व्यक्ती, शक्ती र समूहरुबीचको भावी एकताको आधार हुन सक्छ ।”

वर्तमान अवस्थामा मुलुकले राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरेको र त्यो आवश्यकता राप्रपाले मात्र परिपूर्ति गर्न सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । राप्रपाका तमाम कार्यकर्ता, शुभेच्छुक र समर्थकहरुको भावनाको कदर गर्दै व्यक्तीगत स्वार्थ, आग्रह पूर्वाग्रह र असन्तुष्टीलाई त्याग गरी एकता प्रक्रियालाई यथाशीघ्र पुनः सञ्चालन गर्न राप्रपाका सबै घटकहरुको एकीकरण अभियानमा सरिक भएर ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यहरुले सबै नेतृत्व वर्गलाई विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।

हेर्नुहोस् विज्ञप्तीः–