राजनीति

तीन कोईरालाको उद्घोषः कांग्रेसलाई पहिलाकै अवस्थामा फर्काएर छाड्छौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले पार्टीलाई पहिलाकै अवस्थामा फर्काएर छाड्ने उद्घोष गरेका छन् । जिपी कोईराला फाउन्डेसनको १ नम्बर प्रदेश कार्यालयको आईतबार उद्घाटन गर्दै महामन्त्री कोईरालाले कांग्रेसलाई पहिलाको जस्तै सुदृढ पार्टी बनाउने उद्घोष गरेका हुन् ।

पार्टीभित्र मौलाएको गुटउपगुटका कारण कांग्रेसले चुनावमा हार व्यहोरोको भन्दैँ त्यसको अन्त्य अपरिहार्य रहेको बताए । विपी कोईराला, गिरीजाप्रसाद कोईराला, गणेशमान सिंहको सपना पूरा गर्न अब कांग्रेस एक हुनुको विकल्प नरहेको दाबी गरे । गतविगतका तिक्ततालाई किनारा लगाएर अब सबै कांग्रेस हुनुपर्ने उनले बताए । महामन्त्री कोईरालाले कांग्रेसको नेतृत्व लिन शेखर कोईराला, सुजाता कोईराला र आफूबीच एकता भईरहेको दाबी गरेका छन् ।

यस्तै केन्द्रीय सदस्य शेखर कोईरालाले भने, हामी हिजोको दिनमा पनि एक थिए, ‘आजका दिनमा एक छौँ र भोलीका दिनमा पनि एक हुनेछौँ ।’ जननायक विपी कोईरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको महान विचार हामी सबै नेपाली कांग्रेसलाई दिएर गएका र उनको सपना पूरा गर्न गर्नैका लागि भएपनि अब कांग्रेस एक ढिक्का हुनुपर्ने बताए । सरकारसँग अहिले दुईतिहाई छ तरपनि राजनीति तरल र अस्थिर यसको कारण स्थानिय तहदेखि केन्द्र सम्म कांग्रेसको उपस्थिती नहुनु हो, नेता कोईरालाको भनाई थियो ।

कार्यक्रममा बोल्दैँ नेत्री सुजाता कोईरालाले देशको निकास, विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसको विकल्प नभएको बताईन् ।