पु.समाचार

नागरिकता वितरणमा ठूलो आर्थिक चलखेल भएको छः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकता वितरणमा ठूलो आर्थिक चलखेल भएको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

नागरिकता कारण कयौ राष्ट्रको अखण्डता गुमेको बताउदैँ उनले यस बिषयमा संवेदनशील हुनुपर्ने बताए । नागरिकताको बिषयमा वर्तमान सरकार संवेदनशील रहेको गृहमन्त्री थापाले बताए । अहिलेसम्म कति जना विदेशी नागरिकले नेपाली नागरिकता लिएका छन् भन्ने कुराको गहिरो रुपमा छानविन हुने मन्त्री थापाले बताए ।

अब जन्मका आधारमा नागरिकता नदिईने उनले बताए । मन्त्री थापाले बंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता दिईदै आईएकाले जन्मको आधारमा दिईने नागरिकता खारेज गरिसकिएको छ । सो समितिका सदस्यहरुले विदेशीले नागरिकता पाएको बिषयमा प्रश्न राखेका थिए ।