मनोरञ्जन

तिम्रो बारे म्युजिक भिडियो बजारमा (भिडियो)

काठमाडौँ । बिराटनगरका बहुप्रतिभाका धनि गायक, संगीतकार एवम गीतकार रेन चौधरीले आफ्नो नया कोशेली तिम्रो बारे म्युजिक भिडियो बजारमा ल्याएका छन् । भिडियोलाई पुर्वका रमणिय शहरहरु धरान, इटहरी,भेडेटार तथा कोशि आसपासका क्षेत्रहरुमा छायांकनगरिएको हो ।

उक्त म्युजिक भिडियो युवा पुस्स्ताले अत्याधिक रुचाइरहेको छ। मायाप्रेमाको कथा बोकेको म्युजिक भिडियोमा रुषा न्यौपाने तथा रोविनको जीवन्तत अभिनय देख्न सकिन्छ । गीतमा शब्द, संगित तथा रेनकै सुमधुर स्वर रहेको छ भने सुरज श्रेष्ठले एरेन्ज गरेका हुन।

म्युजिक भिडियोलाई निरज तिम्सिनाले छायांकन, तथा निर्देशन गरेका हुन् । भिडियो निर्माण गर्नकालागी पुर्वाञ्चलका चर्चित फोटो पत्रकार सुवर्ण समशेर बिष्टले कन्सेप्ट तयार पारेका हुन । म्युजिक भिडियोलाई हाइलाइट्स नेपाल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ।

रेनाले ल्याएको म्युजिक भिडियोलाई कम समयमा नै धेरैले रुचाएको छ भने यसका साथै रेनको अर्को म्युजिक भिडियोको समेत तयारि गरिएहेको बताए र सय म्युजिक भिडियोबाट धेरै नै आशा रहेको र म्युजिक भिडियोलाई माया गर्ने सम्पूर्णलाई धन्यवाद दिन समेत भ्याए ।

भिडियो लिंकः–