समाचार

नेपाली ट्याङ्कर चालकमाथि भारतीय प्रहरीको हातपात, ईन्धन ढुवानी २४ घण्टाका ठप्प

काठमाडौँ । भारतीय प्रहरीले सिमामा नेपाली ट्याङ्कर चालकलाई कुटपिट गरेका छन् । भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ख ६००९ नम्बरको ट्यांकरका चालकलाई कुटपिट गरेपछि ईन्धन ढुवानी ठप्प पारेका हुन् ।

जोगवनी बजारमा नेपाली ट्याङ्कर चालकलाई भारतीय प्रहरीले कुटपिट गरेपछि ईन्धन ढुवानी २४ घण्टाका लागि ठप्प पारिएको छ ।

नेपाली ट्याङ्कर चालकहरुले दोषी सुरक्षाकर्मीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, सुरक्षाको अनुभूति हुनुृपर्ने, जाम पर्ने सडकको विकल्प खोजिनुपर्ने लगायत माग राखेर २४ घण्टाका लागि ईन्धन ढुवानी ठप्प पारेका छन् ।

पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिन सहमती भए तापनि बेलाबेलामा भारतीय सुरक्षाकर्मीले नेपाली ट्याङ्कर चालकमाथि दुव्र्यवहार गर्दै आएका छन् ।