गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई तातो हावा भरेको बेलुनले उडाएपछी…(भिडियो सहित)

काठमाडौँ । पोखरा घुम्न आउने पर्यटकहरका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल थपिएको छ, ‘हट एयर’ बेलुन । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको हो । अब पोखरा आउने पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने भएका छन् ।

दृश्यावलोकन र साहसिक खेलका रुपमा पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप फ्लायर, क्यानोनिङ लगायत छन् । अब बेलुनमा बसेर पोखरा, यहाँका ताल, हिमाल र आसपासका दृश्यावलोकन गर्न पाइने भएको छ ।

‘जसरी प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्लायर नै गर्नका लागि पर्यटक पोखरा आउँछन् भने हट एयर बेलुन चढ्ने अवसर पनि थपिएको छ’ बेलुन प्रालि नेपालका प्रवन्ध निर्देशक प्रवीण महर्जनले भने, ‘हामीलाई विश्वास छ, पोखरामा थपिएको यो नयाँ प्रडक्टले थप पर्यटकीय आकर्षण बढाउने छ ।’