लुम्बिनी

प्रेस युनियनले अक्षयकोष स्थापना गर्ने

दाङ । नेपाल प्रेस युनियन दाङले दिपावली २०७५ सालको अवसरमा खेलिएको भैलोबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने भएको छ । युनियनको आज शनिवार घोराहीमा बसेको बैठकले आपतकालीन अप्ठेरोमा परेका पत्रकारहरुलाई सहयोग गर्नकालागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । जुन अक्षयकोषबाट जम्मा भएको ब्याजले युनियनमा आवद्ध पत्रकारहरु अप्ठेरोमा परेको समयमा सहयोग गर्ने छ । संकलित रकममध्य एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने बैठकले निर्णय गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले लमहीमा रहेको जग्गामा भवन निर्माणको कार्यलाई अगाडी बढाउने निर्णय पनि गरेको छ । यस्तै युनियनका सदस्य अमरराज आचार्यको वुवा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का मणिराम आचार्यको वुवाको अशामयीक निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा समवेदना व्यक्त गरेको सचिव आर.के.शीतलले जानकारी दिए ।

आचार्यको परिवारलाई युनियनको सहयोग
नेपाल प्रेस युनियन दाङले शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । आचार्यका बुवा मणीराम आचार्यको निधन भएको पाँचौँ दिन युनियनले १० हजार रुपैयाँ सहायता प्रदान गरेको हो । ब्रेन ट्युमरको अप्रेशन पश्चात एक बर्ष देखि अस्वस्थ अमरराजका बुवा मणीरामको गत २७ गते निधन भएको थियो । युनियनमा आवद्ध सदस्यहरुलाई आईपर्ने कुनै पनि विपतमा आर्थिक सहायता उपलब्ध गराउने नीति युनियनले लिएको छ । युनियनका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्षद्धय नारायण खड्का र देव यादव, सचिव आर.के.शीतल, कोषाध्यक्ष प्रकाश डाँगी, निवर्तमान सचिव देवेन्द्र बस्नेत लगायतको युनियनको टोलीले आचार्यको घरमै पुगेर आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम अमरराजका बहिनीलाई हस्तान्तरण गरिएको हो । आचार्यको परिवारले सहयोग प्रदान गरेकोमा युनियन प्रति आभार व्यक्त गरेको थियो । ‘युनियनमा आवद्ध साथीहरुलाई आई पर्ने विपतमा मल्हम बन्ने नीति युनियनले लिएको छ,’ युनियनका अध्यक्ष सन्तोष सुवेदीले भने ‘यो विपतमा मल्हम बन्ने नीति अनुरुप अक्षय कोषको स्थापना समेत गरिँदैछ ।’ युनियनको आज बसेको जिल्ला कार्य समितिको बैठकले आचार्यको परिवारलाई आर्थिक रकम सहायता गर्ने निर्णय गरेको थियो ।