मनोरञ्जन

प्रदीप र साम्राज्ञी अबसँगै चलचित्रमा

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमासँगै अनुबन्धित भएका छन् । यी दुई चर्चित कलाकारलाई अब दर्शकले चलचित्रमा सँगै देख्न पाउने भएका छन् ।

नयाँ चलचित्रका लागि शुक्रबार बेलुका प्रदीप र साम्राज्ञी अनुबन्धित भएका हुन् । चाँडै नाम घोषणा गरिने यो चलचित्र हेमराज बिसीको निर्देशनमा तयार हुनेछ । यो चलचित्र बिसीले नै लेखेका हुन् ।

यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिम्स्ले निर्माण गर्ने भएको छ । यो चलचित्रलाई आगामी जेठ वा असारसम्म छायाँकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । उनका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायाँकन गरिने छ । चलचित्रको लागत चार करोड लाग्ने पनि शाहीले बताएका छन् ।

चलचित्रलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।