खेलकुद

सेनाका रत्नजितले सातौं पटक बाजी मारे

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक बिजयी भएका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दिपेश धामीलाई २१.११, २१.१६ को सहज जित संगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् । तामाङ्गले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । उपविजयी दिपेशले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्रका साथै तेश्रो स्थान हात पार्ने सेनाका नविन श्रेष्ठ र रुकेश महर्जनले नगद १०.१० हजारका साथ ट्रफि मेडल र प्रमाण पत्र हात पारे ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलम सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै रशिला महर्जनमाथि जित निकाल्दै पुनरागमन गरेकी छिन् । अघिल्लो संस्करणमा जेशिका गुरुङ्ग संग पराजित भएकी नङ्गशलले महर्जनलाई २२.२०, १५.२१ र २१.१८ ले पाखा लगाईन् । तामाङ्गले ५० हजार र उपविजेता महर्जनले २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । एपिएफका शोभा गौचन र जेशिका गुरुङ्गले तेश्रो स्थान हात पार्दै नगद १०.१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भयो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२.२०, २०.२२ र २१.११ को कठिन जित निकाल्दै उपाधी जिते । तेश्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पा¥यो । श्रेष्ठ र गुरङ्गको जोडीले सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई २१।१३, २१।१४ को सोझो सेटमा हार चखाए । विजयी जोडीले नगद २० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेताले नगद १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले नगद ५.५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यु —१७ ब्वाईज तर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१.१६, २१.५ को सहज जितका साथ पहिलो स्थान प्राप्त गरे । दाहालले नगद १५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै दोश्रो स्थानका दिवसले ७ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी तथा तेश्रो स्थानमा रहेका जेष्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५।५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यसैगरि गल्र्स तर्फको खेलमा सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टलाई २१.५, २१.५ ले पाखा लगाउँदै उपाधी हात पारिन् । महर्जनले नगद १५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । उपविजयी रञ्जनाले नगद ७ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका मोरङ्गका रोज पाण्डे र सिमा राजबंशीले नगद ५.५ हजार सहित सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले बाजी मा¥यो । सुभाष र भूमिको जोडीले जेष्टका नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी माथि १६.२१, २१.१६, २१.१६ को सेटमा पराजित गरे । यो उनीहरुको लगातार २० औं उपाधी जित हो । तेश्रो स्थानमा जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५.५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बियजी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।