अन्तर्राष्ट्रिय

विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

अबुजा । आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को एक बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ ।

आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान जारी नै रहेको डोडोडोले बताएका छन् । –एजेन्सी