आर्थिक

आजदेखि मुलुकभरका सम्पूर्ण कपडा उद्योगहरू बन्द गर्ने चेतावनी, अब सरकार के गर्ला ?

काठमाडौँ । ‘नेपाली कपडा उद्योग बचाऔँ’ भन्ने नारासहित आजदेखि मुलुकभरका सम्पूर्ण कपडा उद्योगहरू बन्द गर्ने चेतावनी दिइएको छ । लामो समयदेखि आफूहरूको मागको बेवास्था गरेको भन्दै नेपाल कपडा उद्योग सङ्घको आह्वानमा मुलुकभरका २५० कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्नुपरेको सङ्घले जनाएको छ ।

सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट छुटको सुविधा हटाएको विरोधमा लामो यमयदेखि स्वदेशी कपडा उद्योगी आन्दोलमा थिए । भ्याट छुटको सुविधा हटाएपछि सङ्घले सरकारलाई भ्याट फिर्तापछिका विकल्पहरू पनि पेशकामा सो माग पनि सम्बोधन नभएपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको सङ्घले जनाएको छ ।

सङ्घले भ्याट छुटको सुविधा हटाएपछि सरकारसँग भ्याट फिर्ता बराबरको रकम नगद अनुदान उपलब्ध गराउनुपर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने, पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट हुुनुपर्ने, उद्योगको मेसिनरी पार्टस् खरिदमा लाग्ने भन्सार छुट हुनुपर्ने, उद्योगले खरिद गर्ने डाइज, केमिकलमा भन्सार छुट हुनुपर्ने, निकासीमा १० प्रतिशत अनुदान, श्रमिक आपूर्तिको भुक्तानीमा नगद अनुदान हुनुपर्नेलगायत माग गरेको सो माग पूरा नभएपछि आन्दोलन गर्नुपरेको जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट र आर्थिक ऐनमार्फत भ्याट फिर्ता तथा छुटको नीति एकमुष्ट रुपमा हटाएको थियो । मुलुकभर रहेका करिब २५० कपडा उद्योगमा दशौं अर्ब लगानी भइसकेको छ भने यसबाट ५० हजार मजदुर कार्यरत छन् र उनीहरूसँग आश्रित अढाई लाख नेपाली रहेको तथ्याङ्क छ ।

नेपालको वार्षिक रु एक अर्ब पाँच करोड मिटर पहिरनका कपडा खपत भए पनि स्वदेशी उद्योगबाट जम्मा छ करोड २५ लाख मिटर पहिरनका कपडा उत्पादन हुन्छ । यसबाहेक घरायसी कपडा ९तन्ना, पर्दा, तौलिया, सिरकलगायत०को वार्षिक खपत ९० करोड मिटर र औद्योगिक कपडा ९ब्याग, सुटकेश, जुत्ता, फर्निचर०मा ३० करोड मिटर खपत हुने गरेको छ ।

यसैबीच उद्योग मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले उद्योग बन्द भएको विषयमा आफू अनविज्ञ रहेको राससलाई बताए । उनले भने, “भ्याट छुटको विषयमा निर्णय गर्ने अर्थ मन्त्रालयले हो, उहाँहरूको अधिकांश माग अर्थमन्त्रालयसँग सम्बन्धित छ, आइतबार यसरबारे छलफल होला ।”